×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमद्वारा प्याक्ट विक्रेताका लागि आवेदन माग, प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन भर्न सकिने

PRIME CA

नेपाल आयल निगमद्वारा प्याक्ट विक्रेताका लागि आवेदन माग, प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन भर्न सकिने

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल आयल निगमले दुर्गम जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने) विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ । दार्चुला, मुगु, बझाङ, दैलेख, कालीकोट, जाजारकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, रोल्पा, संखुवासभा, खोटाङ, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ । ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम बिक्री गर्न पाइन्छ । देशभरका विकट जिल्लामा हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: