- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तीन वटा कम्पनीको ३४ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत भएको छ । नेप्सेमा कुमारी बैंक, आइ.सि.एफ.सि. फाइनान्स र गुडविल फाइनान्सकाे डिबेन्चर सूचीकृत भएको हाे ।
कुमारी बैंक लिमिटेडकाे ‘१०.२५ प्रतिशत के.बि.एल डिबेन्चर २०८६’ को ३० लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो । यसैगरी, आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख कित्ता डिबेन्चर सूचिकृत भएको हो । त्यस्तै, गुडविल फाइनान्स लिमिटेडकाे ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को २ लाख ५० हजार कित्ता डिबेन्चर सूचिकृत भएको हो ।