×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा. लिबीच छुट सम्बन्धि सम्झौता भएको छ । बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्म छुट दिने भएको छ । एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त क्लिनिकले कार्ड प्रयोग गरे बापत उक्त छुट दिने भएको हो ।

क्लिनिकले उक्त ग्राहकलाई प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशतदेखि १० प्रतिशत छुट प्रदान गर्ने गरी एसबिआई बैंकसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी