×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.१३ अंकले घट्यो बजार, १ अर्ब ७ करोडमाथिको कारोबार हुँदा नेप्से १३२६.५३ विन्दुमा

PRIME CA

बुधबार १०.१३ अंकले घट्यो बजार, १ अर्ब ७ करोडमाथिको कारोबार हुँदा नेप्से १३२६.५३ विन्दुमा

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार १०.१३ अंकले घटेर १३२६.५३ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २५ करोड ५७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको प्रोमोटर सेयरको भएको छ ।

यता, बुधबारको कारोबार व्यापार र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन्। सबैभन्दा धेरै सुर्योदय लघुवित्त र आशा लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै तारागाउँ रिजेन्सी र कालिका पावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: