×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सोमबार झिनो अंकले बढ्यो बजार, १ अर्ब ८ करोड ८७ लाखमाथिको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार बजार झिनो अंकले बढेको छ । आइतबारको तुलनामा बजार २.१२ अंकले बढेर १३४२.४० बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल १० करोड ७२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता मंगलबार कारोबारमा होटल्स, फाइनान्स र लाइफ इन्स्योरेन्स उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसूचक बढेको छ । सबैभन्दा धेरै नेपाल सेवा लघुवित्त र एनआईसी एशिया लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ओरेन्टल होटल्स र घलेम्दी हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: