×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो बजार : ९.३५ अंकले बढेको नेप्से १२६५.४५ विन्दुमा, कारोबार एक अर्वमाथि

PRIME CA

आइतबार बढ्यो बजार : ९.३५ अंकले बढेको नेप्से १२६५.४५ विन्दुमा, कारोबार एक अर्वमाथि

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ९.३५ अंकले बढेर १२६५.४५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको २८ लाख ६ हजार ८ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १५ करोड १२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लिफे इन्स्योरेन्स र नबिल बैंकको भएको छ ।

यता, आइतबार व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सुर्योदय लघुबित्त र जनउत्थान सामुदायिक लघुबित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र  साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताले गुमाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: