×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली : १४.९० अंकले बढेको नेप्से १३६२.३४ विन्दुमा, कारोबार १ अर्व १६ करोडमाथि

PRIME CA

सेयर बजारमा हरियाली : १४.९० अंकले बढेको नेप्से १३६२.३४ विन्दुमा, कारोबार १ अर्व १६ करोडमाथि

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १४.९० अंकले बढेर १३६२.३४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १६ करोड  रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको कुल ११ करोड १० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश :  नेपाल पुनर्बिमा कम्पनी र एनएमबि बैंकको भएको छ ।
यता बुधबार कारोबारमा होटल्स, म्यन्युफक्चार एण्ड प्रोडक्सन  हाइड्रोपावर, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्त र नबिल ब्यालेन्स फण्डलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मिथिल्ला लघुवित्त र प्रोग्रेशिभ फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: