×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मंगलबार बढ्यो बजार : ५.०४ अंकले बढेको नेप्से १३३७.४४ विन्दुमा, कारोबार ९९ करोड ४५ लाखमाथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.०४ अंकले बढेर १३३७.४४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको २५ लाख ६८ हजार १२४ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड १० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता मंगलबार कारोबारमा बैंकिंग, होटल्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै समृद्धि फाइनान्स र राधी विद्युत लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: