Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकले असारसम्म साँवा र ब्याज चुक्ता गर्नेलाई कर्जामा ९.९९% ब्याजदर कायम गर्ने

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना सकिन अब मात्र ८ दिन बाँकी रहेको छ । यस बैंकबाट कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको सबै साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा साउन १ गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको थियो ।
यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै भुक्तानी गरेमा साउन १ पश्चात ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा २०७६ चैत १६ गते निर्दिष्ट गरिए अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरिएको छ ।
बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ ।
बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाउन बैंकले आग्रह गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK