Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले गर्यो २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागी समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी।र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्।

२५ मिलियन अमेरिकी डलरको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बताएको छ ।
एनएमबि दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने समेत बैंकले जानकारी दिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK