×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, स्वरोजगारमूलक व्यवसायको प्रवर्धन गर्ने उद्देश्य

LAXMI SUNRISE BANK

एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, स्वरोजगारमूलक व्यवसायको प्रवर्धन गर्ने उद्देश्य

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहूलियपूर्ण कर्जा सम्बन्धी सम्झौता भएको छ । स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।
यस अन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने छ ।
साथै, एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।
एनएमबि बैंकले १६९ शाखा, ५ विस्तारित काउन्टर र १३३ एटीएम मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी