×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाकिस्तानको शिक्षा प्रणालीलाई नै ध्वस्त बनाउँदै प्रधानमन्त्री इमरान खान, बढ्यो त्रास !

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानको शिक्षा प्रणालीलाई नै तहसनहस हुने गरी अघि बढेको देखिन्छ । अतिवादी शासक जनरल जीया-उल हाकलेसमेत शिक्षा प्रणालीलाई बिगार्न सकेका थिएनन् तर प्रधानमन्त्री इमरान खानले मुलुकको एकल राष्ट्रिय पाठ्यक्रमले पनि प्रणालीगत परिवर्तनलाई लुकाउने प्रयास गरिरहेको छ ।
सामान्यतया हेर्दा राष्ट्रिय पाठ्यक्रमले तयार पारेको विषयवस्तु र पहिरन हेर्दा आकर्षक देखिन्छ । तर, यसले पहिलो दिनेदेखि नै पाकिस्तानी शिक्षा प्रणालीमा नकरात्मक असरको विउ रोप्ने शिक्षा क्षेत्रका विज्ञहरुले बताएका छन् ।
सरकारी तथा सामुदायिक विद्यालयमा पढ्ने र निजी विद्यालयमा पढ्ने विद्यार्थीबीच ठूलो खाडल अहिलेको शिक्षा प्रणालीले कोर्ने देखिन्छ । धनी घरका बच्चा र गरिब घरका बच्चामा असन्तुलन शिक्षा लिनसक्ने त्रास पनि उत्पन्न भएको छ । सन् २०१६/२०१७मा ठूलो लगानी मदरसामा दिने अभिव्यक्तिपछि इमरान खानको ठूलो आलोचना भएको थियो ।
पाठ्यक्रममा आवश्यक विषयवस्तु र विज्ञान प्रविधि, २१ औं शताब्दिको आवश्यकता र व्यवहारिक विषयवस्तु भन्दा पनि धार्मिक विषयवस्तुलाई पाठ्यक्रममा प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री खानको आलोचना भइरहेको हो । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: