×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बलुचका राजनीतिज्ञको अवैध गिरफ्तारीविरुद्ध प्रदर्शन, तत्काल रिहा गर्न माग !

काठमाडौँ । पाकिस्तानी सुरक्षा एजेन्सीले बलुचिस्तानका राजनीतिज्ञहरुको अवैध गिरफ्तारीविरुद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् । बलुचका राजनीतिज्ञ र बौद्धिक व्यक्तित्वालाई पाकिस्तानी सुरक्षा एजेन्सीले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै व्यापक आलोचना र विरोध प्रदर्शनहरु भइरहेका छन् । 
बलुचिस्तानको क्वेटा सहरको गैरसरकारी संस्था भ्वाइ फर बलुच मिसिङ पर्सनले अपहरण शैलीम नियन्त्रणमा लिइएका डा. डीन मोहम्मद बलुच र डा. अकबर मारीलाई रिहा गर्न माग गरिरहेको छ । उनीहरुको रिहाको माग गर्दै बलुचिस्तान प्रान्तका सडकमा हजारौं मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले बेपत्ता पारिएका सबै जनालाई तत्काल रिहा गर्नुपर्ने बताइएका छन् । 
त्यसैगरी बलुच नेशनल मुभ्मेन्ट र प्रो-इन्डिपिन्डेन्ट पार्टी अफ बलुचिस्तानद्वारा जर्मनीको बर्लिनमासमेत उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ । मानवअधिकारको उल्लंघन, अपरण र दमनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुलाई ११ वर्षअघि अपहरण शैलीमा नियन्त्रणमा लिइएको थियो । सन् १९४८ देखि बलुचिस्तानमा आधारभूत मानवअधिकारकोसमेत उल्लंघन भइरहेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: