Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानले हिन्दु मन्दिर भत्काएको विरोधमा काठमाडौँमा प्रदर्शन, लाग्यो नारा -‘इमरान खान, होसमा आऊ…’ (फोटोफिचर)

अर्थ सरोकार

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गर्दै काठमाडाैँमा रहेकाे पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकाे छ।
अभियानले दूतावास अगाडि एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले अापत्ति जनाएकाे हाे।
अभियानका संयाेजनक विनय कुमारकाे नेतृत्वकाे निकाएकाे विराेध र्यालीमा सय करिब बढीकाे सहभागिता रहेकाे थियाे। र्यालीमा सहभागीहरूले हिन्दुमाथिकाे दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान हाेस गर जस्ता नारा लगाएका थिए।
संयाेजक कुमारले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर तथा बाैद्द गुम्बा बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’
पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको हाे ।
इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।
इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।
उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।
पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।








Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK