×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सगरमाथा हाम्रो हो’ भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन, परराष्ट्रमन्त्रीको पुत्लासमेत जलाइयो (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौँको सिनामंगलमा चीनले नेपालको गाउँ कब्जा गरेविरुद्ध आन्दोलन भएको हो । 
‘चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नारा लगाउँदै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि परराष्ट्रमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विरसमेत जलाएका थिए । झन्डै २००को संख्यामा उपस्थित प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दाबी गर्ने चीनविरुद्ध चर्का नाराबाजी गरेका थिए । कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए । उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए ।  
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विर जलाउँदा प्रहरीले हस्तक्षेप गरेको उक्त प्रदर्शन झन्डै पौने घण्टा चलेको थियो ।
  












Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: