
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड-१९ को महामारीबाट बैंकका ऋणीलाई परेको असरको मूल्यांकन गर्दै २०% छुटको आकर्षक योजना ल्याएको छ । बैंकले आफ्ना ऋणीहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको हो ।
बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा सेवाग्राही (ऋणी) हरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्