×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकद्वारा ‘टिच फर नेपाल’लाई १० लाख रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंकद्वारा ‘टिच फर नेपाल’लाई १० लाख रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शैक्षिक क्षेत्रमा थप टेवा पु-याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई विगतमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै, यस वर्ष पनि १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ । 

टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् भने १०,००० भन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । 
सानिमा बैंकले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । सानिमा बंैकले देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी