×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइन सेवा, अव घरमै बसेर खाता खोल्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइन सेवा, अव घरमै बसेर खाता खोल्न सकिने

Artha Sarokar

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सूचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ ।
अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा खाता खोल्न सक्नुहुनेछ । यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आफ्नै घर तथा कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरिएको छ ।
बैंकले विकास गरेको प्रविधि अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ । यस योजना बाट ग्राहक महानुभावले अधिकतम् लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी