×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक १२९८.७३ बिन्दु पुग्यो, एकैदिन ३३.२७ अंकको बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से परिसूचक १२९८.७३ बिन्दु पुग्यो, एकैदिन ३३.२७ अंकको बढोत्तरी

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३३.२७ अंकले बढेर १२९८.७३ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको २७ लाख ३१ हजार ४ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ७८ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १४ करोड ५३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र  प्रभु बैंकको प्रमोटर सेयरको भएको छ ।

यता, सोमबार म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुबित्त र  नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राधी विद्युत कम्पनी र बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले गुमाएका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी