×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नरेफाँटमा सिद्धार्थ बैंकको नँया शाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नरेफाँटमा सिद्धार्थ बैंकको नँया शाखा विस्तार

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सिद्धार्थ बैंकले बुधबार काठमाडौं स्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।
सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३ सयभन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी