
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बताईएको छ ।
नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्