Skip to content
LAXMI SUNRISE BANK

२७ बाणिज्य बैंकहरुका बार्षिक वित्तिय प्रतिवेदनमध्ये स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिवेदन उत्कृष्ट ठहर, आइक्यानले गर्यो सम्मान !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा रहेका लेखा व्यावसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये बैंकिङ्ग क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार स्ट्याण्डर्ड चार्टड बैंकले प्राप्त गरेको छ ।
यस्तै वित्तीय क्षेत्र अन्तर्गतको अवार्ड मुक्तिनाथ विकास बैंक लिमिटेड रहेको थियो । त्यस्तै साधारण (General))क्षेत्र मेनुफेक्चरिङ्ग अन्तर्गत चिलिमे हाईड्रो पावर लिमिटेडले प्रथम स्थान प्राप्त गरेको थियो भने बोट्लर्स नेपाल लिमिटेडले दोस्रो स्थान प्राप्त गरेको थियो । त्यसैगरी साधारण (General))क्षेत्र अन्य अन्तर्गत Nepal Clearing House Limited ले प्रथम स्थान प्राप्त गरेको थियो भने कर्जा सूचना केन्द्रले दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । विजेता तथा उप–विजेतालाई महालेखापरीक्षक टंकमणि शर्मा दंगालले पुरस्कार वितरण गरेका थिए ।
संस्थाले अध्यक्ष तथा उपाध्यक्षको सपथग्रहण कार्यक्रमको अवसर पारेर २०७५/७६ मा विभिन्न संस्थाहले तयार पारेका वित्तीय विवरणको स्वतन्त्र मूल्याङ्कनको आधारमा उत्कृष्ट छनौट भएका विभिन्न संघ संस्थाहरुलाई विगत बर्षहरुझै राष्ट्रिय उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरी सम्मान गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK