×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यले बनायो फेरी अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार

PRIME CA

सुनको मूल्यले बनायो फेरी अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ३ सयले बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् । 
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) १० ग्राम सुनको मूल्य ८२ हजार १३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: