
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित उक्त व्यवस्था ल्याएकाे हाे ।
सनराइज घर कर्जा (सनराइज होम लोन) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी बैंकले सेयर धितो कर्जामा (लोन एगेनिष्ट सेयर) ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
कोभिड १९ ले अर्थ व्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सकिने बैंककाे अपेक्षा रहेकाे छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्