Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकले ल्यायो ‘सनराइज सरल एसएमई कर्जा’ सञ्चालनमा, ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा ऋण दिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले “सनराइज सरल एस.एम.ई कर्जा” ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।
यस व्यवस्था अन्तर्गत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले नि:शुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK