×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसेजबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK

सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसेजबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेजबीच सम्झौता भएको छ । बैंकले एटी सर्भिसेजमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो  ।
उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरूलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेज मार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । 
एटी सर्भिसेज मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरू र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरू विभिन्न वाणिज्य र विकास बैंकहरूको खाताहरूमा समेत तुरून्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, यस विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा विश्वस्त रहेकाे बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी