- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ५ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँ घटेर ९ सय ९५ मा कारोबार भइरहेको छ । अहिले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) १० ग्राम सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ५३ रुपैयाँ कायम गरेको छ ।