×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको मानवअधिकार परिषद्‌को सदस्यता खारेज गर्न उइगर अधिकारवादीद्वारा राष्ट्रसंघकलाई आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनको मानवअधिकार परिषद्‌को सदस्यता खारेज गर्न उइगर अधिकारवादीद्वारा राष्ट्रसंघकलाई आग्रह

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चीनको सिन्जियाङ प्रान्तमा अल्पसंख्यक समुदायको अधिकारका लागि लडिरहेका समूहरुले चीनको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‌को सदस्यता खारेज गर्न राष्ट्र संघलाई आग्रह गरेका छन् । त्यसैगरी उनीहरुले चीनले धार्मिक अल्पसंख्यकमाथि चीनले गरेको विनाश र अत्याार नरसंहार हुनुअघि नै रोक्नुपर्नेसमेत राष्ट्रसंघसँग माग गरेका छन् । 
उनीहरुले भनेका छन्, “उइगरहरुको पक्षमा बोल्न ढिला भइसकेको छ । तर, समय अझै बाँकि छ ।” उइगरको अधिकारका लागि सुरु गरेको अभियानका कार्यकारी निर्देशक रुसहान अब्बासले भनेका छन्, “प्रजातान्त्रिक अधिकार र मानवअधिकारका लागि हामी समर्पित छौं र त्यसको रक्षाका लागि वकालत गर्न हामी चुक्ने छैनौं ।” 
तर, चिनियाँहरुले २१ औं शताब्दिमा पनि उइगरहरुमाथि जनावरकोजस्तै व्यवहार गरिरहेका छन् । यो कल्पनी र असह्य भएकोले उइगर समुदायको जीवन रक्षाका लागि चीनविरुद्ध आवाज उठाउन आवश्यक भएको जनाइएको छ । 
उनीहरुले संयुक्त राष्ट्र संघलाई पठाएको पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीले उइगरहरुमाथि गरेको अत्याचारको प्रमाणसमेत पेस गरेका छन् । त्यसैगरी उनीहरले अन्तर्राष्ट्रिय अपराध अदालतमा समेत चीनविरुद्ध मुद्दा दर्ता गराएका छन् । कोरोना महामारीका बीच पनि चीन सरकारले भने उइगरहरुमाथिको दमन र अत्याचारलाई भने निरन्तर कायम नै राखेको छ । -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: