×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा छाडा पशुचौपायाको वितण्डा… १२ तस्विरमा हेर्नुहोस् यसरी मच्चाउँदैछन् उत्पात…! (फोटो कथा)

PRIME CA

धनगढीमा छाडा पशुचौपायाको वितण्डा… १२ तस्विरमा हेर्नुहोस् यसरी मच्चाउँदैछन् उत्पात…! (फोटो कथा)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । विगत लामो समयदेखी धनगढीमा रहँदै आएको छाडा पशुचौपायाको समस्या अझैपनि यथावत नै रहको छ । धनगढीकै मुख्य बजारमा छाडा पशुचौपायाको ताण्डव दैनिक जसो देख्न सकिन्छ । 
पछिल्ला केहि समययता धनगढी उपमहानगरपालिकाले पनि छाडा पशुचौपाया व्यवस्थापनका लागि योजना निर्माण र पहल गरेको भएतापनि उक्त समस्या भने अझैपनि न्युनिकरण गर्न सकिएको छैन । दैनिक जसो धनगढीका सडकमा झण्डै ५० देखी १०० सम्मको संख्यामा छाडा पशुचौपाया भेटिन्छन् । पशुचौपाया व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरेको भएतापनि चाहेजस्तो व्यवस्थापना गर्न नसकेको धनगढीका एक तरकारी व्यवसायी रामदेव जोशीले बताए । उनले भने, ‘तरकारी पसल राखेको छु, एकछिन बाहिर गयो भने गाईले खाईदिन्छन् ।’ 
दुध दिँदासम्म पाल्ने र दुध दिन छाडेपछि घरबाटै निकाल्दिने प्रवृतिले पछिल्लो समय छाडा पशुचौपायाको संख्यामा वृद्धी हुँदै गएको छ । विभिन्न सयय विभिन्न ठाउँहरुमा छाडा पशुचौपायाको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको भएतापनि तिनिहरुको उचित प्रयोग र व्यवस्थापन हुन नसकेकै कारण यो समस्या देखापरेको बताइएको छ । धनगढीमा छाडा पशुचौपायाको कारणले व्यापार व्यवसाय गर्दै आएकाहरु दैनिक सास्ति खेप्न बाध्य बनेका छन् । बाकीँ फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: