×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण छ : पर्यटनमन्त्री भट्टराई (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण छ : पर्यटनमन्त्री भट्टराई (भिडियो)

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वी नारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको नेपाल एकीकरणमा लागि आदिकवि आचार्यले भाषा साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो । भानु जयन्तीका अवशरमा प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाल भाषा, साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्ने एक अभियन्ता भानुभक्त आचार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पृथ्वी नारायण शाहले अनेक समूहमा रहेका राज्यर्लाइ एक बनाएका थिए ।

भूगोलको एकीकरणमात्रै राष्ट्रको एकीकरण हुँदैन भाषा साहित्य पनि त्यसको महत्वपूर्ण पक्ष हो । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रको एकीकरण गर्नेक अभियन्ता भानुभक्त आचार्य हुन ।’’ भाषा र साहित्य कुनै एक समुदाय, जात र धर्मको मात्रै हुने नभई समग्र मानज सभ्यताको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले साहित्य पर्यटनलाई मुलुकको समृद्धिसँग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । आदिकवि आचार्यसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडी बढ्न सके मुलुकको समृद्धिमा त्यसले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

जन्म जयन्तीका अवशरमा रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ । देश तथा नेपाली भाषीहरको बाहुल्यता रहेका देशबाहिरका क्षेत्रमा समेत आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा मनाइन्छ । सोमबार नै नेपाली बृहत शब्दकोषको मोबाइल एप समेत सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी