×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास हुन्छ’ : पर्यटनमन्त्री भट्टराई (भिडियो)

PRIME CA

‘धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास हुन्छ’ : पर्यटनमन्त्री भट्टराई (भिडियो)

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपती क्षेत्रको सौन्दर्यता विकास गरिने बताउनुभएको छ । नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपती मन्दीरको दक्षिण द्धारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताउनुभयो । त्यसका लागि पशुपती क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताउनुभयो । 
पशुपती क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने बताउनुभयो । उहाँले एसबीआई बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको दक्षिण द्धारको सुन्दरताले भक्तजनहरुलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने बताउनुभयो ।
पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपती क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताउनुभयो । उहाँले विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपती क्षेत्रलाई विकास गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्धार निर्माण गर्न पाउँदा खुशि लागेको बताउनुभयो । बैंकले पशुपती क्षेत्रको दक्षिण तर्फको प्रवेश द्धार, जुत्ता राख्ने घर, एटिएम घर लगाउएका संरचना निर्माण गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: