×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यान र माछापुच्छ्रे बैंकबीच बिशेष बैंकिङ सेवासहित बिना धितोमा प्रोफेशनल कर्जाका लागि सम्झौता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्यान र माछापुच्छ्रे बैंकबीच बिशेष बैंकिङ सेवासहित बिना धितोमा प्रोफेशनल कर्जाका लागि सम्झौता !

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंक लिमिटेडबीच एक्यानमा आवद्ध सदस्यहहरुलाइ बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा (ब्याज दर ९.७५ प्रतिशत) प्रदान गरिनेछ । 
सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष श्री आनन्द राज शर्मा वाग्ले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला तथा ज्यूले हस्ताक्षर गरेका छन् । सम्झौतापछि संघका लगभग २४०० सदस्यहरु लाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुछ्रे बैंकले   नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ । 
अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने वास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराए ।
लेखापरीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेको भनाइ छ । साथै संघले गरेको सर्वेको प्रतिबेदन अनुसार सदस्यहरुको हितकालागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताएका छन् ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी