×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक हिँडेका ग्राहकलाई प्रहरीले रोक्यो, प्रहरी भन्छ- ‘हामीलाई नै ठग्ने काम भएको छ, भेरिफाइ गर्न रोकेका हौँ’ (भिडियो)

PRIME CA

बैंक हिँडेका ग्राहकलाई प्रहरीले रोक्यो, प्रहरी भन्छ- ‘हामीलाई नै ठग्ने काम भएको छ, भेरिफाइ गर्न रोकेका हौँ’ (भिडियो)

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार डटकम 
धनगढी । निषेधाज्ञाका बीच बैंक तथा वित्तीय संस्थामा विभिन्न कामका लागि जाने ग्राहकलाई प्रहरीले रोकेको छ । उनीहरुसँग बाहिर निस्किने कारण पुष्टी नभएको भन्दै प्रहरीले उनीहरुलाई रोकेर करिब आधा घण्टा रोकेको छ । यस्तै मास्क नलगाई हिड्ने, अनावश्यक काममा हिड्नेहरुलाई पनि प्रहरीले रोकेको छ । स्थानीय प्रशासनले अत्यावश्यक सेवा भन्दै बैंक तथा वित्तीय संस्थाहरु खोलेको छ । जसका कारण कतिपयलाई बैंक हिंडेको भन्ने बहाना पनि भएको छ ।
गोजीमा केहि पैसा बोकेर बैंकमा राख्न हिंडेको भन्नेहरु पनि छन् । प्रहरीले क्यास देखाएकै भरमा आफुलाई ठग्न खोज्नेहरुलाई भेरिफाइका लागि भन्दै रोकेर राखेको छ । पछिल्लो समय धनगढीका बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको भीडसमेत लागेको छ । जसका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको त्रास झन् बढेको छ । हेर्नुहोस् यो भिडियो रिपोर्ट : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: