×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकले शुरु गर्यो थ्रीडी सेक्योर सेवा, अनलाइनबाट सुरक्षित रूपमा सामान किन्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी बैंकले शुरु गर्यो थ्रीडी सेक्योर सेवा, अनलाइनबाट सुरक्षित रूपमा सामान किन्न सकिने

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिजसंगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ ।
सो सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यी कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।
थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड(ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्योर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुँदा कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी