×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चीनद्वारा १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्ममाथि कारबाही !

काठमाडौं । चिनियाँ अधिकारीहरुले १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्महरुलाई कारबाही गरेको छ । पछिल्लो समय सञ्‍चारमाध्यमलाई निगरानी गर्नका लागि चीनले नयाँ रणनीति अपनाएको छ । उक्त नयाँ रणनीति अनुरुप नै ती च्यानलहरुमाथि गैरकानुनी रुपमा सञ्‍चालन भएको भन्दै कारबाही गरिएको जनाइएको छ । 
चीनले गत जुनमा मुलुकमा अनियमितरुपमा सञ्‍चामाध्यमहरु सञ्‍चालन भएको भन्दै राष्ट्रव्यापी अभियान सञ्‍चालन गरेको थियो । चीनको साइबरस्पेस एड्‌मिनिस्ट्रेसनका अनुसार उक्त च्यानहरुले ती चिनियाँ नीतिमा असर पुर्‍याउने सामग्री हटाउन आग्रह गरको छ भने नियम र कानुनको उल्लंघन गर्ने विभिन‍्‍न अकाउन्टहरुमाथि प्रतिबन्ध नै लगाएको छ । 
भल्गर पप-अप, गैरकानुनी विज्ञापन, प्रोनोग्राफी, अनलाइन जुवा खेलाउनेलगायतका अनलाइन अवैध क्रियाकलाप सञ्‍चालन गरेका लाइभ स्ट्रिमिङ प्लेटफर्मका कारबाही गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । -पब्लिक न्यूज एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: