×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको सामाजिक कार्य: कोरोना रोकथाम कोषमा २० लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंकको सामाजिक कार्य: कोरोना रोकथाम कोषमा २० लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रूपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।
यस अघि पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले ४९ लाख रूपैयाँ , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रूपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रूपैयाँ गरि हालसम्म कुल ६१ लाख रूपैयाँको सहयोग गरिसकेको छ ।
नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण रउपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रूपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रूपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: