×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK

नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
यो सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १८ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसार काठमाडौं र एलआइसी नेपालको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, एसबीआई बैंकको विराटनगर, बिर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी