×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Q4 REPORT : सिटीजन्स लाइफको खुद नाफा ३० प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
कठमाडौं – सिटिजन्स लाइफ इस्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३०.६७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यहि अवधिको तुलनामा   १५ करोड ३६ लाख ६ हजार खुद नाफा कमाएको थियो। 
समिक्षा बर्षमा कम्पनीले १ अर्ब ९६ करोड ८३ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीको हालसम्मको बीमाशुल्क संकलन भने रु. ३ अर्ब ५३ करोड ५३ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १६ करोड ५१ लाख बीमाशुल्क संकलन गरेको थियो । 
कम्पनीले ३ अर्ब ५० करोड भन्दा बढी रकम दिर्घकालिन रुपमा नै लगानी गरेको छ । अल्पकालिन रुपमा भने ३६ करोड ५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । कम्पनीले बीमलेख धितो राखेर ११ करोड ४३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा ४९ करोड ६१ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको जीवन कोषमा भने रु. १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: