×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ योजना, बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ योजना, बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर पाइने

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ।

उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।साथै, बैंकले यसको अतिरिक्त व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८ दशमलव ७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।
बैैंकले विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: