×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पश्चिम नेपालका थारु समुदायले कोरोना कहरकाबीच मनाए अटवारी पर्व, यस्तो छ धार्मिक विस्वास ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पश्चिम नेपालका थारु समुदायले कोरोना कहरकाबीच मनाए अटवारी पर्व, यस्तो छ धार्मिक विस्वास ! (भिडियो रिपोर्ट)

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । पश्चिम नेपालको कैलाली, कञ्चनपुर,बाँके, बर्दिया, दाङ र सुर्खेतका थारु समुदायले आइतबार अटवारी पर्व मनाएका छन् । यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाइन्छ । अटवारी मूलतः थारु समुदायका पुरुषले मनाउने भए पनि महिला पनि अटवारी व्रत बस्ने गर्दछन् ।
थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अटवारी पर्व आइतबार मनाइएको छ । माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वका रुपमा थारु समुदायले यो पर्व मनाउने गर्छन । अटवारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । दोस्रो दिन व्रत बस्ने र साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरी चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने चलन रहेको थारु समुदायका स्थानीय बताउँछन । 
अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । ५ अथवा ७ प्रकारका गेडागुडीयुक्त तरकारी र भातको पकाउने गर्दछन । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ । अटवारी पर्व परापूर्वकाल देखि चल्दै आएको थारु समुदायको माघी पछिको ठुलो चाड रहेको स्थानीयहरूको भनाई छ । 
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबिच माया प्रेम साट्ने पर्वका रूपमा मनाइने गरिन्छ । त्यस्तै अटवारीलाई एकता, विजय तथा भ्रातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी