×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराज र डिजिटल भुक्तानी टेक्नोलोजीबीच सम्झौता, भिसा कार्डबाट सामान खरिद गर्दा ५ सय छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दराज र डिजिटल भुक्तानी टेक्नोलोजीबीच सम्झौता, भिसा कार्डबाट सामान खरिद गर्दा ५ सय छुट

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन दराज र डिजिटल भुक्तानी टेक्नोलोजी भिसा साझेदारीमा प्रवेश गरेका छन् । २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ ।
यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ देखि ३ सयसम्म भिसा कार्ड प्रीपेन्टमा १५५ छुट दिइरहेका छ । दराजमा ५ हजारभन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना, देखि फेसनसम्मका ४ लाख ५० हजारभन्दा बढी उत्पादनहरू रहेका छन् । ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरी,आफुले दराजमा सेभ गरी राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे ५ सयसम्मको अधिकतम छुट पाउनेछन । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागु हुनेछ ।
‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं । यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।
भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबरसोर्सका प्रमुख, शैलेश पलले भने, ”सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौं र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं । दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ ।”
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: