×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा चहलपहल बढ्यो, भौतिक दुरी कायम नहुँदा संक्रमणको जोखिम उच्च ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । निषेधाज्ञाको चौँथो दिन धनगढीमा सर्वसाधरणको चलहपहलमा वृद्धी देखिएको छ । निषेधाज्ञाका बेला अत्यावश्यक भनि सञ्चालन गरिएका औषधी पसलहरुमै सबैभन्दा बढी भिडभाड देखिएको छ । विभिन्न किसिमका बिरामीहरु उपचारका लागि अस्पतालमा पुग्ने गरेको भएतापनि अस्पतालहरुमा भौतिक दुरीको कायम भने गरिएको छैन । 

यसो त औषधीपसलहरुमा भिडभाड बढी हुने भएपनि कतिपय सेवाग्राहीले मास्कको समेत प्रयोग गरेको देखिदैनन् । मास्क लगाएपनि प्रायले चिउँडो तथा घाँटीमा लगाउने गरेका छन् । औषधीपसलहरुमै अव्यवस्थित रुपले भिडभाड हुँदा संक्रमणको जोखिम बढेको छ । 

अर्कोतिर धनगढीमा आज देखिएका अधिकांश सर्वसाधरणहरु प्राय सबै बैंक जानका लागि निस्किएका छन् । निषेधाज्ञा जारी भएको दिनदेखि विभिन्न विदाहरु भएकोले बैंकिङ कारोबार ठप्प भएका थिए । तर आज अत्यावश्यक भन्दै बैंकहरु खुलेसँगै सर्वसाधरणको चहलपहलमा वृद्धी आएको हो । बजारमा भिडभाड बढेसँगै प्रशासनले पनि कडाई गरेको छ । ठाउँ ठाउँमा चेकिङ्ग गर्दै अनावश्यक काममा निस्किनेहरुलाई सडकमै होल्ड गरिएको छ । बाकीँ फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: