
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसको संक्रमण फैलिएसँगै कैलालीमा लगाइएको निषेधाज्ञाको पहिलो दिन निकै कडाईका साथ नियमको पालना गराइएको छ । आज धनगढीका ठाउँठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सडकमा निस्किने हरेक सर्वसाधरण तथा सवारीहरुको चेकजाँच गरिनुको साथै अनावश्यक रुपमा हिँडडुल गर्नेलाई सडकमै रोकेर सम्झाईबुझाई गरिएको छ ।
आज निषेधाज्ञाको पहिलो दिन भएकोले नियन्त्रणमा नलिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज कुमार ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेकजाँच र कडाई आजमात्र होईन दशैदिन सम्म गर्नेछौँ ।’ यस भन्दा अगाडी गरिएको पहिलो चरणको निषेधाज्ञामा सबै निषेधाज्ञा के हो भन्ने विषयमा जानकार भएकोले पनि यसपाली प्रभाव राम्रै परेको उहाँको भनाई रहेको छ ।
धनगढी क्षेत्रमा बिहानैदेखी खटिएको प्रशासनको सक्रियता निकै देखिएको छ । कैलालीमा जारी गरिएको निषेधाज्ञा सार्थकतामा पुर्याउनका लागि प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बलको सक्रियता र उपस्थिति प्रशंसनिय देखिएको छ । यसरी प्रशासनको सक्रियता र नागरिक स्तरबाट नियमको पालना भएको खण्डमा संक्रमणको जोखिम न्युनिकरण गर्न सकिने विश्वास गरिएको छ । धनगढीमा सक्रिय बनेको प्रशासन हेर्नुहोस् फोटो फिचरमा…












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्