×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यहाँ फोहोरको छ डंगुर तिमी क्लिन सिटी भन्छौ…साच्चै नबुझ्ने हौ की, नबुझ्नेजस्तै बन्छौ ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । क्लिन सिटीको सपना बोकेको धनगढी उपमहानगरपालिकाको सपना यतिबेला सपनामै सिमित बनेको छ । यतिबेला धनगढीका अधिकांश क्षेत्रमा देखिने फोहोरको डंगुरले क्लिन सिटीको सपनालाई गिज्याइरहेको देखिन्छ । 
निर्वाचनको समयमा उपमहानगरपालिकाको मुख्य एजेण्डाको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको योजना ३ वर्ष बित्दापनि खासै सन्तोषजनक भने देखिएको छैन । धनगढी उपमहानगरपालिका भित्रका कयौँ क्षेत्रहरु अहिले पनि फोहोरमैलाको समस्याले ग्रसित भएका छन् । फोहोरमैलाको व्यवस्थापनका लागि नगरपालिकालाई पटक पटक गुहार्दापनि उक्त समस्याप्रति नगरपालिका उदासिन बनेको स्थानियले बताएका छन् । 
धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर, वडा नम्बर ३ भन्सार, वडा नम्बर ५ हसनपुर लगाएका क्षेत्रमा फोहोरमैलाको समस्या जस्ताको त्यस्तै रहेको देखिन्छ । यद्यपी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि दैनिक कर्मचारी खटाएको भएतापनि धनगढीका भित्रि सडक तथा क्षेत्रहरुभने सरसफाईको पहुँचमा नपुगेको वडा नम्बर ३ का स्थानिय शिवचरण शिवाकोटीले बताए । उनले भने, ‘क्लिन सिटीको सपना देखाए तर सपना अनुसारको पहल भने भएको छैैन ।’ त्यस्तै वडा नम्बर १ का अर्का स्थानिय हरिश कुँवरले पनि उक्त समस्या यथावत रहेको गुनासो गरे । ‘नगरपालिकाले खटाएका कर्मचारी र फोहोर उठाउने गाडी मुख्य मुख्य सडकमा मात्रै हिँड्छन तर भित्रि बस्ती तथा सडकको अवस्था भने बिजोग छ’, कुँवरले भने । 
यता धनगढी उपमहानगरपालिकाले भने फोहोरमैला व्यवस्थापनमा उच्च स्तरिय पहल गरेको दावि गर्दै आएको छ । यसो त धनगढी उपमहानगरपालिकाको जनसंख्या पनि धेरै हुँदा फोहोर पनि बढी नै हुने गर्दछ । नगरपालिकाले  मुख्य मुख्य क्षेत्रमा मात्रै रहेका फोहोर उठाउँदा धनगढीका भित्रि बस्ती तथा क्षेत्रहरुभने उक्त समस्याबाट ग्रसित बनेका छन् । हप्तौंसम्म फोहोर नउठाइदिदा र वर्षाको समय भएकाले हल्का वर्षा हुनासाथ पानिले बगाएर बस्ती नै दुर्गन्धित बनाउने गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: