×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीले मुर्झाएको धनगढीको व्यापार, ११ तस्विरमा हेर्नुहोस् यसरी सक्रिय बन्दैछन् सडक व्यवसायी…!(फोटो-कथा)

PRIME CA

झरीले मुर्झाएको धनगढीको व्यापार, ११ तस्विरमा हेर्नुहोस् यसरी सक्रिय बन्दैछन् सडक व्यवसायी…!(फोटो-कथा)

१७ श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । लगातारको झरीले अस्तव्यस्त बनाएको धनगढीका फुटपातका व्यापार सक्रिय बन्दै गएको छ । धनगढीका सडक छेउ तथा फुटपातमा विभिन्न व्यवसाय गर्दै आएकाहरु केहि दिनदेखी लगातार परेको झरीका कारण विस्थापित हुनुपरेको थियो । शनिबार झरी रोकिएर घाम लागेसँगै व्यवसायीहरुपनि सक्रिय बन्दै गएका हुन् । 
एकातिर लगातारको झरी अर्कोतिर डुबानको समस्याले व्यापार चौपट पारेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ नगरपालिका भवन अगाडी फुटपातमा कपडाको व्यवसाय गर्दै आएका शैलेन्द्र सिंहले बताए । उनले भने, ‘आज ५ दिन भयो राम्रो सँग व्यापार गर्न पाएका छैनौ, आज झरी रोकिएपछि झिनो आशा पलाएको छ । हुनपनि छाता ओढेर ठेलामा दिनभरी पसल कुर्न सास्ती नै हुन्छ ।’ उसो त धनगढीमा डुबानको समस्या झनै उदेक लाग्दो रहेको थियो । झरी रोकिएर मौसम खुलेसँगै  यतिबेला सडक व्यवसायी झिनो आशा बोकेरै सक्रिय बनेका देखिन्छन् । 
त्यस्तै पछिल्लो ५ दिन देखि नै व्यापार बन्द गरेर बसेकी अर्की व्यवसायी रञ्जु शाहीको गुनासो केहि यस्तै छ । २ सन्तानकी आमा शाहीले सानो फलफुलको व्यवसायबाटै घरपरिवार चलाउँदै आएकी छिन् । कोरोना भाइरस (कोबिड १९) का कारण लगाइएको लकडाउन र लगत्तै परेको अविरल वर्षाका कारण ठुलै सास्ती खेप्नुपरेको उनि बताउँछिन् । ‘लकडाउन खुल्यो भन्ने सुन्दा अव छाक टार्ने बाटो खुल्यो भन्ने आशा पलाएको थियो तर लगत्तै परेको झरी र डुबानको समस्याले आजित नै बनायो । बल्ल बल्ल आज मौसम खुलेको छ केही होला की भन्ने आशा लिएकी छु’, उनले भनिन् । 
लगातारको झरीका कारण विस्थापित भएका धनगढीका विभिन्न सडक व्यवासायी आज खुलेको मौसमले खुशी देखिएका छन् । फुटफातमा विभिन्न व्यापार गर्ने व्यवसायीहरु झरी रोकिएर घाम लागेसँगै राहत महशुस गर्न थालेका छन् । झरी रोकिएसँगै सक्रिय बनेका धनगढीका फुटफाट व्यवसाय ! हेर्नुहोस फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: