×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि धनगढी सुनसान, ११ तस्विरमा हेर्नुहोस् यस्तो रह्यो प्रभाव ! (फोटो-कथा)

PRIME CA

निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि धनगढी सुनसान, ११ तस्विरमा हेर्नुहोस् यस्तो रह्यो प्रभाव ! (फोटो-कथा)

५ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञासँगै धनगढी यतिबेला सुनसान बनेको छ । शुक्रबार बिहानैदेखि धनगढीमा सर्वसाधरणको चहलपहलमा रोक लगाइएको छ । 

धनगढीका विभिन्न क्षेत्रहरुमा प्रहरीको उपस्थितिमा पनि वृद्धी गरिएको छ । बिहानैदेखि सडकमा निस्किनेहरुको चेकिङ्ग पनि सुरु गरिएको छ । त्यस्तै अत्यावश्यक बाहेकका सबै पसलहरु पनि बन्द गरिएको छ ।  सरकारले पहिलो चरणमा गरेको लकडाउनको अन्त्यसँगै बजारमा सर्वसाधरणको चाप बढ्दा संक्रमणको जोखिम झनै उच्च भएको भन्दै पुनः निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभएको छ । 

संक्रमणको जोखिम न्युनिकरणका लागि निषेधाज्ञा गर्नुपरेको बताइरहँदा सर्वसाधरणले भने सुरक्षाका उपाय अपनाएर जनजिवन सामान्य बनाउनुपर्ने माग गरेका छन् । तर पटक पटक सुचना जारी गर्दापनि नागरिक स्तरबाट लापरवाही बढ्दा लकडाउनबाट केही माथी उठेर निषेधाज्ञा जारी गरेको प्रशासनको तर्क रहेको छ । निषेधाज्ञा जारी गरेसँगै शुक्रबार बिहानैदेखी धनगढीमा प्रभाव परेको छ । बाँकी फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: