×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले धरासायी बनाएको धनगढीका शैक्षिक संस्था, १३ तस्विरमा हेर्नुहोस् यसरी बन्दैछन् विद्यार्थीविहिन ! (फोटो-कथा)

PRIME CA

कोरोनाले धरासायी बनाएको धनगढीका शैक्षिक संस्था, १३ तस्विरमा हेर्नुहोस् यसरी बन्दैछन् विद्यार्थीविहिन ! (फोटो-कथा)

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएका शैक्षिक संस्था अझैपनि बन्द अवस्थामा रहेका छन् । शैक्षिक संस्थाहरुमा बालबालिका तथा भिडभाड हुने र कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै सरकारले देशैभरीका शैक्षिक संस्था बन्द गराएको थियो । जुन प्रभाव शैक्षिक संस्थामा अहिले पनि कायमै रहेको छ । 

चैत्र ११ गतेदेखि देशैभरी गरिएको लकडाउन झण्डै १ सय २० दिनपछि सरकारले फुकुवा गरेको थियो । सरकारको उक्त घोषणासँगै ठप्प भएका शैक्षिक संस्थाहरु पुन सञ्चालन हुने भन्ने विषयमा आशावादी बनेका थिए । तर पछिल्लो समय पुन कोरोना संक्रमण बढ्दै गएपछि शैक्षिक क्षेत्र सञ्चालनको विषय भने अन्योलमै रहेको छ । 

सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित भएको कैलाली बहुमुखी क्याम्पस पनि यतिबेला बन्दाबन्दीकै अवस्थामा रहेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै क्वारेन्टिन क्षेत्रको रुपमा प्रयोग गरिएको उक्त क्याम्पस पनि यतिबेला विद्यार्थिको भोको बनेको छ । दैनिक हजारौँको संख्यामा विद्यार्थीको चहलपहल हुने उक्त क्याम्पस यतिबेला सुनसान बनेको छ । यतिमात्र होइन यतिबेला सबै शैक्षिक संस्थाहरुको अवस्था उस्ताउस्तै छ । कोरोना भाइरसले अन्य क्षेत्रमा पारेको प्रभावसँगै शिक्षा क्षेत्रमा पारेको प्रभाव निकै उदेगलाग्दो रहेको छ । कतिपय शैक्षिक संस्थाहरु धरासायी अवस्थामा पुगेका छन् भने विद्यार्थीको भविष्य डामाडोल भएको अभिभावकहरुको गुनासो रहेको छ । कोरोना कहरसँगै सुनसान बनेका धनगढीका शैक्षिक संस्था ! हेर्नुहोस् फोटो फिचरमा… 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: