×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तजनको भोका बन्दै धनगढीका धार्मीक स्थल, ११ तस्विरमा हेर्नुहोस् यसरी बन्दैछन् सुनसान ! (फोटो-कथा)

PRIME CA

भक्तजनको भोका बन्दै धनगढीका धार्मीक स्थल, ११ तस्विरमा हेर्नुहोस् यसरी बन्दैछन् सुनसान ! (फोटो-कथा)

३१ श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । विश्भर आतंक मच्याईरहेको कोरोना भाइरसको महामारीका कारण समग्र धार्मीक तथा पर्यटकिय क्षेत्रहरु प्रभावित भएका छन् । दैनिक सयौँ र विशेष अवसरमा हजारौँको संख्या भिडभाड हुने धनगढीका मुख्य धार्मीक स्थलहरु यतिबेला सुनसान बन्दै गएका छन् । 

कोरोना भाइरस (कोभिड १९) का कारण सम्पुर्ण मुलुकको अर्थतन्त्र नै धरासायी बन्दै गएका बेला उक्त चुनौतिको सामाना पर्यटन व्यवसायले पनि भोग्दै आएको छ । दैनिक विवाह, व्रतबन्ध, पुजापाठ लगाएतका कयौँ नित्यकर्म हुने मठमन्दिर हरु अहिले भने सुनसान भएका छन् । सुदूरपश्चिममै ठुलो धार्मीक आस्था बोकेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको शिवपुरी धाममा यतिबेला भक्तजनको भिड शून्य मात्रामा रहेको छ । केही दिन अगाडी साउने व्रत बसेका हिन्दु नेपाली नारीहरुको केही चहलपहल देखिने भएपनि अहिले भने उक्त क्षेत्रमा भक्तजनहरुको उपस्थिति शून्य रहेको छ । यसो त यतिबेला शिवपुरी धाममा कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै पुजापाठ तथा घुमफिरका लागि पनि प्रतिबन्ध लगाइएको छ । 

धनगढीमा विवाह, व्रतबन्ध, पुजापाठ तथा अन्य नित्यकर्मका लागि प्रसिद्ध मानिने वडा नम्बर ५ मा रहेको नैनादेवी मन्दिर परिसरपनि सुनसान देखिएको छ । अन्य समयमा पुजापाठ तथा घुमफिरकै लागि पनि भक्तजनको भिड लाग्ने उक्त क्षेत्र यतिबेला भने एक्लो बनेको छ । 

यस्तै धनगढीमा रहेका विभिन्न धार्मीक स्थलहरुपनि सुनसान बनेका छन् । दैनिक रुपमा मन्दिरमा गरिने पुजापाठ तथा विभिन्न नित्यकर्म बन्द भएपछि दैनिकी बिताउनै मुस्किल भएको पुजारीहरुको भनाई रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: