×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा पुःन दोस्रो चरणको डुबान, १३ तस्विरमा हेर्नुहास् यस्तो देखियो ‘स्मार्ट सिटी’ ! (फोटो कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । गएरातीदेखि परेको अविरल वर्षाका कारण धनगढी जलमग्न बनेको छ । धनगढी उपमहानगरपालिका भित्रका अधिकांश क्षेत्रहरु यतिबेला पुर्ण रुपमा डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगर, मित्रनगर, वडा नम्बर २ कृष्णनगर, वडा नम्बर १ शिवनगर, वडा नम्बर ८ बुद्धचौक, वडा नम्बर १५ कनरी, उर्मा लगाएतका स्थान डुबानमा परेका हुन् । 

अविरल वर्षाका कारण डुबानमा परेका धनगढीका बस्ती र जलमग्न बनेका मुख्य सडकहरुले स्मार्ट सिटीको सपनालाई गिज्याईरहेको जस्तो देखिन्छन् । एकातिर धनगढी उपमहानगरपालिकाको प्रतिबद्धता अर्कोतिर भने प्रत्येक वर्ष देखिने उक्त समस्याले गर्दा धनगढीको विकास माथि नै प्रश्नचिन्ह खडा गरेको छ । धनगढीमा भएको डुबानको स्थलगत रिपोर्टिङ्गका लागि अर्थ सरोकारको टिम डुबान भएका बस्तीमा पुग्दा जनताको गुनासो साच्चै मार्मिक थियो । वर्षेनि यही समस्या दोहोरीरहँदा निकै सास्ती खेप्नु परेको धनगढी उपमहानगरपालिका ३ मित्रनगरकी उमा रेग्मीले बताईन । उनले भनिन्, ‘सानो घर छ त्यो पनि अलिकती पानि पर्ना साथ भरिभराउ हुन्छ, आजको पानि ले त झनै सबै खाद्यान्न भिजाएको छ ।’ 

‘यो समस्या हाम्रो लागि नयाँ होइन’, धनगढीका अर्का स्थानिय आशिक बमले भने, ‘सरकार जनताको समस्याप्रति चिन्तित नै छैन, बारम्बार यो डुबानको समस्या रहँदै आएको भएतापनि समाधानको पहल भने शून्य रहेको छ जसका कारण आम जनताले सँधै सास्ती खेप्नु परेको छ ।’ त्यस्तै अर्का स्थानिय मनोहर भण्डारीले जनताको समस्याप्रति वर्तमान सरकार गम्भिर नभएको बताए । उनले थपे, ‘यो समस्या अहिलेदेखि होइन पहिले देखिनै रहँदै आएको छ, अव्यवस्थित रुपमा विकास गरेको र दिर्घकालिन असरको प्रवाह नै नगरी निर्माणकार्य गर्दा यो समस्या उत्पन्न भएको हो ।’ त्यस्तै उनले तत्कालै ढल निकासका सन्दर्भमा पहल गरिदिन समेत आग्रह गरेका छन् । 

अविरल वर्षाका कारण धनगढीमा उर्लिदै डुबानको समस्या ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: