×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीबीच सम्झौता, बैंकका ग्राहकलाई आरटी-पीसीआर परीक्षणमा १०% छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एभरेष्ट बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीबीच सम्झौता, बैंकका ग्राहकलाई आरटी-पीसीआर परीक्षणमा १०% छुट

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल) सँग सहकार्य गरेको छ । हाल कोभिड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ ।
जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी.डी.एल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नगद करोबारमा पनि कोभिड-१९ को जोखिम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप-ईबीएल टच २४) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सी.डी.एल बीचको सहकार्य, बैंकका नायब-महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: